पोखरेलको पुन:नियुक्तीसंगै ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा केसीको दाबी

0
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सरकारमा भाड भैलो मच्चिएको छ । जनता कोरोना कहरले आक्रान्त बनेको समयमा प्रदेशमा सरकारको नेतृत्वका लागि होडवाजी चलेको छ ।

एकै दिन मुख्यमन्त्रीको राजिनामा, विशेष अधिवेशनको अन्त्य, पुन:मुख्यमन्त्री चयन, बहुमत सांसदको हस्ताक्षर सहित नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सामू दाबी पेश गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गर्नु भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गर्नु भएको हो ।

यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्री वास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।