देशभर थप ७ हजार २११ जनामा कोरोना संक्रमण, २७ संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी कुल ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यससँगै संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३२५ पुगेको छ ।

नेपालमा हालसम्म तीन लाख ३६ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने संक्रमितमध्ये दुई लाख ८३ हजार ९९४ जना संक्रमण मुक्त भएका छन् ।