भेन्टिलेर र आईसीयु नहुँदा अछाममा थप एक कोरोना संक्रमितको मृत्यु


धर्मेन्द्र बि सी ।

अछामस्भेन्टिलेर र आईसीयु नहुदा अछाम थप एक कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ। जिल्लाको मेल्लेख गाउँपालीकाका ६० बर्षिय पुरुषको गएराती उपचारको क्रममा जिल्ला अस्पताल मंगलसेनमा मृत्यु भएको स्वास्थ्य कार्यलय अछामका सूचना अधिकार देव जोशिले जानकारी दिए।

स्वासप्रस्वास अत्यधिक समस्या भएपछि उनलाई भेन्टिलेर र आईसीयुमा राखेर उपचार गर्नुपर्ने भएपनि सो सुविधा नहुदा उनको मृत्युु भएको हो।उनमा यहि १६ गते बयालपाटा अस्पतालमा एन्टीजेन्ट बिधिबाट परिक्षण गर्दा कोरोना देखिएको थियोे। स्वासप्रस्वासमा समस्या भएपछि उनलाई कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पतालमा उपचार गराईरहेका थिए।अस्पताल भेन्टिलेर र आईसीयु जडान गर्नको निम्ति ४ महिना अगाडि नै उपकरण पुगेपनि आवश्यक जनशक्ति नहुदा थन्किएका छन्