टिप्परले किच्दा एकको मृत्यु


सीताराम अधिकारी, धादिङ ।
धादिङको गल्छी गाउँपालिका–५ तीरतीरे खोलामा टिप्परले किच्दा एक जनाको ज्यान गएको छ ।

ग्रामीण सडक अन्तरगत गयराति बालुवा बोकेको बा ४ ख २१ १८ नम्बरको टिप्परले किच्दा ४५ वर्षका शुक्रबहादुर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुुभयो ।प्रहरीका अनुसार टिप्परको पछाडिपट्टि बालुवामाथि बसेका तामाङ टिप्पर चलिरहँदा खसेर सोहि टिप्परले किचेको थियो । घटनापछि टिप्पर चालक फरार छन् ।