तुलसीपुरमा तीन बालकको शव फेला घटनाबारे अनुसन्धान जारी


न्युज अफ नेपाल काठमाडौं ।

दाङमा तीन बालकको शव भेटिएको छ । घटनाको अनुसन्धानमा प्रहरीको बिशेष टोलीले अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट आएको कुकुर सहितको प्रहरीको बिशेष टोली घटनाको अनुसन्धान सुरु गरेको दाङका एसपी गणेश चन्दले बताए ।‘बिशेष टोली आईपुगेपछी मात्रै शवहरु हेरिएको छ । शवलाई पोष्टमार्टमको लागी अस्पताल पु-याइएको छ उनले भने–‘घटनाको सबै पक्षको अनुसन्धान पछी विस्तृत कुराहरु बाहिर ल्याउने छौं ।’

तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा तीन वटा शव फेला परेको थियो । पार्किङ्ग गरिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कार भित्र शव भेटिएको हो । शव तीन जना बालकको रहेको छ । शवको सनाखद गरेर प्रहरीले नाम, ठेगाना सार्वजनिक गरेको छैन् । तर, आफन्तका अनुसार कार भित्र भेटिएका शव बैशाख १६ गते हराईरहेका तीन बालकको रहेको छ । तुलसीपुर–६ गाईडरका भिमबहादुर परियारका १० बर्षिय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षिय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षिय छोरा करण परियार रहेको आफन्तले बताएका छन् । सुवर्ण र किरण दुई दाजुभाईका छोरा हुन ।