नेपाल समूहको स्थायी कमिटी बैठक सुरु



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमाले (माधवकुमार नेपाल) समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । कलंकीस्थित एक पार्टी प्यालेसमा बसिरहेको आजको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको बताइएको छ ।

नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयविरुद्ध देशभर समानान्तर कमिटी गठन गरेको छ । त्यस्तै, ओली समूहले भने पार्टीविपरीत समानान्तर संगठन बनाएको भन्दै नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निष्कासनको घोषणा गरेको छ भने नेपाल समूहका २७ सांसदलाई पदबाट किन निष्कासन नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया दिनुहोस्