कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित


न्युज अफ नेपाल ,काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।

पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।बैठकअघि कांग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।