बेलायतमा कुनै पनि भ्रष्टाचारीले स्थान नपाउने


लन्डन, (एजेन्सी) । 

संयुक्त अधिराज्यले भ्रष्टाचार विरुद्धको सरकारको नयाँ अभियानअन्तर्गत बाइस व्यक्तिमाथि कारबाही गरेको छ । यस काण्डमा मुछिएका मध्ये १४ जना रुसी नागरिक पनि रहेका छन् । सम्पत्ति रोक्का र भ्रमण प्रतिबन्धजस्ता कारबाहीमा पर्ने अन्यमा दक्षिण अफ्रिका, साउथ सुडान र ल्याटिन अमेरिकाका नागरिक रहेका छन् ।

बेलायती विदेशमन्त्री डोमिनिक रावले विधायकहरूलाई भनेका छन्, ‘बेलायतसँग भ्रष्टाचारविरुद्ध लड्ने महŒवपूर्ण भूमिका रहेको छ ।भ्रष्टाचारीहरूका लागि हाम्रो मुलुक उपयुक्त स्थान भइरहेको छ ।बेलायतको नयाँ नियम तथा कानुनअनुसार विश्वका कुख्यात भ्रष्टाचारी संघ संस्था तथा व्यक्ति विशेषले अबदेखि बेलायतका बैंकहरूमार्फत कारोबार गर्न वा तिनीहरूले मुलुकमै प्रवेश गर्न नपाउने विदेश मन्त्रालय तथा कमनवेल्थ एवं विकास कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।रुसी वकिल सर्गेइ म्याग्नित्सकीले ठूलो परिमाणमा कर ठगी गरेको काण्ड भण्डाफोर गरेपछि ती रुसी कारबाहीको फन्डामा परेका हुन् । कारबाहीमा पर्ने दक्षिण अफ्रिकाका नामुद व्यापारीमा अजय, अतुल र राजेश गुप्ता नामक एकै परिवारको दाजुभाइ परेका छन् ।

यसैगरी, साउथ सुडानका व्यापारीमा असरफ सिद अहमद हुस्सेन अली उर्फ अल कार्डिनल परेका छन् । गम्भीर भ्रष्टाचारको अभियोग लगाइएका अन्य तीनजना होनडुरस, निकारागुवा र ग्वाटेमालाका नागरिक रहेका छन् ।बेलायती सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष भ्रष्टाचारकै कारण विश्वकै कुल गार्हस्थ उत्पादन (जीडीपी) २ प्रतिशतले भन्दा बढी घटिरहेको छ भने यसै समस्याकै कारण कुनै पनि कम्पनीलाई व्यापार खर्च १० प्रतिशत बढी व्यहोर्नु परिरहेको छ । विदेश मन्त्रालयले भ्रष्टाचारकै कारण राष्ट्रिय सुरक्षा खतरामा पर्दै गइरहेको तथा डाएस र बोकोहराम जस्ता आतंककारी समूहको सक्रियता र मनोबल मौलाइरहेको जनाएको छ ।