कोरोना खोप लगाइसकेका ३१ जनामा कोरोना संक्रमण



भक्तपुर ।

भक्तपुरमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

जिल्लामा एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो, यी ३१ जनाले कोरोनारिुद्धको भ्याक्सिन लगाइसकेका व्यक्तिहरु रहेका जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए ।कोभिड–१९ पोजेटिभ हुनेहरुमा खोप लगाएको साताभित्रका व्यक्तिहरु रहेको उनले बताए । भक्तपुरमा पहिलो पटक यस्तो रिपोर्ट आएको उनले बताए । भक्तपुरमा मंगलबारसम्म सात सय ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको उनले बताए ।

कोरोनाबाट भक्तपुरमा एक सय २९ जनाको मृत्यु भइसेकेको छ ।

प्रतिक्रिया दिनुहोस्