५ करोड रुपियाँ भुक्तानी पाउन बाँकी


बुटवल, (नेस)

लुम्बिनी प्रादेशिक अस्पतालको व्यवस्थापनमा सञ्चालित कोरोना विशेष अस्पतालमा आईसीयू निर्माण, संक्रमितको उपचार, पीसीआर परीक्षण तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई राखेको होटलको खर्च गरी ५ करोड रुपियाँ भुक्तानी पाउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

कोरोना भाइरस उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले बुटवल, नेपालगन्ज, दाङ र भैरहवामा सञ्चालित कोभिड अस्पतालमा अक्सिजनसहितका बेड थप गर्न बजेट उपलब्ध गराउने निर्णय सोमबार गरेको छ ।कोरोना संक्रमितको संख्या बढिरहँदा अस्पतालमा बिरामीले बेड नपाएका समाचार सार्वजनिक भएपछि प्रदेश सरकारले अक्सिजनसहितको बेड थप गर्न पहल गरेको हो ।गत वर्षको ५ करोड रुपियाँ अझै नदिएको सरकारले सोमबार फेरि बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल, दाङको बेलझुण्डी कोरोना विशेष अस्पताल र नेपालगन्जस्थित भेरी अस्पताललाई ५०–५० लाख र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । सरकारको यो निर्णयलाई अस्पतालका चिकित्सकहरुले नाटकको संज्ञा दिएका छन् । गत वर्षकै दिनुपर्ने रकम निकासा नदिने उल्टै पुनः थप रकम दिने भन्ने कुरा नमिल्दो भएको बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले गत कात्तिक महिनासम्मकै ५ करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेकाले आइसोलेसनको थप विस्तारमा समस्या भएको बताउनुभयो ।प्रदेशको सम्बन्धित मन्त्रालयले अस्पतालले जसरी पनि व्यवस्थापन गरेको छ भनेर बेवास्ता गर्दा समस्या भएको उहाँको भनाइ रहेको छ । सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने घोषणा गरे पनि अस्पताललाई स्रोत व्यवस्थापन गर्न सकेको छैन ।‘सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्देशिकामा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी तथा उनीहरूको परिवारलाई सुरक्षित गर्ने भन्ने निर्देशिकामै प्रस्ट उल्लेख गरिएको भए पनि कार्यान्वयन हुन सकेन ।’ –डा. खनालले दुखेसो पोख्नुभयो ।पुरानो रकम भुक्तानी दिने र आगामी योजनाबारे समेत मन्त्रालयले समयमा चासो नदिँदा आइसोलेसन विस्तारमा ढिलाइ भएको हो ।

(६