न्युज अफ नेपाल काठमाडौं ।
काठमाडौं उपत्यकामा बिहीबारदेखि १५ दिनको निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौँ छाड्नेको संख्या बढेको छ ।काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको ट्राफिक प्रहरिले जनाएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी गरे पनि मन्त्रिपरिषदले त्यो अवधि थपेर १५ दिनको पुर्याएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो । आज बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो । संक्रमण बढेपछि फेरि मुलुक लकडाउनउन्मुख भएको छ ।
प्रतिक्रिया