पत्नीको कारण राजदूतले माफी मागे


सोल, (एजेन्सी)

दक्षिण कोरिका लागि बेल्जियमका राजदुतले राजधानी सोलस्थित एउटा पसलका कर्मचारीमाथि आफ्नी पत्नीले गरेको दुव्र्यवहारको लागि औपचारिकरूपमा क्षमायाचना गरेका छन् । त्यहाा राखिएको सिसिटिभीको फुटेजमा राजदूत पिटर लेस्कोसियरकी पत्नी सियाग सुक्युले पसलमा काम गर्ने एक महिलालाई गालामा थप्पड हानेको स्पष्ट देखिन्छ ।

ती कर्मचारीले कतै पसलको सामान चोरी गरेर लान लागेको त होइन भन्ने शंकामा सियागले लगाइरहेको लुगाहरू जााच्न खोजेकी थिइन् । तर, वास्तवमा ती लुगा उनको आफ्नै रहेछ ।अपमानित भएको रिसको झोंकमा उनले त्यसरी थप्पड हानेकी थिइन् । सोलस्थित बेल्जियन द्तावासले अहिले ६३ वर्षीया सिंयाँटग अस्पतालमा मस्तिष्कघातको उपचार गराइरहेको बताएको छ ।साथै, दूतावासले एउटा विज्ञप्ति जारी गर्दै स्वास्थ्य स्थिर अवस्थामा आउना साथ उनले प्रहरीलाई अनुसन्धानमा आवश्यक सहयोग गर्ने जनाएको छ । गत ९ अप्रिलमा सोलको यांगसान – गुस्थित एउटा रेडिमेड लुगा पसलमा यो घटना घटेको हो । दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार सो पसलमा उनले एक घन्टासम्म लुगा ट्राई गरेकी थिइन् ।

कतै लुगा त लुकाएर लगिनन् भन्ने थाहा पाउन एकजना कर्मचारीले उनलाई पछ्याएकी थिइन् । त्यसपछि त्यहि कर्मचारी पछि लागेर पुनः पसलमा आएकी उनले ती कर्मचारीलाई घचेट्दै गालामा थप्पड हानेकी थिइन् । सियांगले बीचमा रोक्न आएका अर्का एक कमर्चारीलाई पनि थप्पड हानेकी हुन् । थप्पड खाने महिला कर्मचारीले आफ्नो गाला नै सुन्निएको गुनासो गरेकी छन् ।राजदूत पिटरले यस घटनाप्रति दुःख व्यक्त गर्दै पत्नीको तर्फबाट आफूले क्षमा मागेका हुन् । कुटनीतिक प्रत्याभूति पाउने कारण सिंयांग कानुनी कारबाहीबाट बच्ने भन्दै दक्षिण कोरियालीहरूले आक्रोश व्यक्त गरेका छन् ।