एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै


न्युज अफ नेपाल काठमाडौं ।

 नेकपा एमालेले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्।

एमाले महाधिवेशन आयोजक कमिटीका सदस्यका अनुसार अध्यक्ष ओलीले आज बिहान साढे १० बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मा बैठक बोलाएका हुन्।

माधवकुमार नेपालसहित केन्द्र तथा प्रदेशका गरी उनी पक्षका ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न ओलीले आकस्मिक बैठक बोलाएको उनको भनाइ छ।बैठकमा ती सांसदले बुझाएका स्पष्टीकरणको विश्लेषण गरी कारबाहीबारे निर्णय हुन सक्ने सम्भावना रहेको उनले जानकारी दिएका छन्।