कोरोना अपडेट : देशभर थप २ हजार ५५९ जनामा संक्रमण, ५ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभर थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या ३ हजार १२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४१० कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्मको तथ्यांक अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । त्यसमध्ये २ लाख ७६ हजार ७५५ जनाले कोरोनालाई पराजित गरिसकेका छन् ।