ओलीद्वारा नयाँ स्थायी कमिटी गठन : गौतम ‘इन’, नेपाल-खनाल ‘आउट’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहलाई निष्कासन गर्दै नयाँ स्थायी कमिटी विस्तार गरेका छन् ।

आज बालुवाटारमा बसेको एमाले महाधिवेशन कमिटीको बैठकमा ओलीले नयाँ स्थायी कमिटी विस्तार गरेका हुन् । नयाँ स्थायी कमिटीमा नेता वामदेव गौतम पक्षलाई धने समेटिएको छ । यसअघि गत फागुन २८ गते बसेको एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी खारेज गरेको थियो ।

नयाँ स्थायी कमिटीमा अध्यक्ष ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन् ।