योहो टिभीको युट्युब ह्याकप्रति मिडिया अलाइन्सद्वारा दुःख व्यक्त

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

योहो टेलिभिजनको आधिकारिक युट्युव च्यानल ह्याक भएकोप्रति टेलिभिजनहरुको संगठन मिडिया अलाइन्सले दुःख व्यक्त गरेको छ ।बिहीबार एक विज्ञप्तिमार्फत् अलाइन्सले योहो टेलिभिजनका अनलाइन दर्शकमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेको हो ।

साथै अलाइन्सले यस्ता गैरकानुनी कार्यमा संलग्न समूहको छानविन गरी कारवाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।विज्ञप्तीमा भनिएको छ, ‘यस्ता विषयहरु समाधानका लागि मिडिया ’अलान्स तदारुकतापूर्वक लागिरहेको छ ।