कोहलपुरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


न्युज अफ नेपाल काठमाडौं ।

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

७ वैशाखमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएकी थिइन् ।
उनीसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।