पाँच वर्षमा ५८ हजार आवास


काठमाडौं ।

भूकम्पले ध्वस्त बनाएका ७८ हजार ८ सय ८४ घर धुरीमध्ये ५८ हजार घर निर्माण सम्पन्न भएका छन् । २०७८ वैशाख मसान्तभित्र निर्माण सम्पन्न भएका घरहरुको अन्तिम किस्ताका लागि वडा कार्यालयमा निवेदन गरिसकेका पीडितहरुको भुक्तानी हुनेछ । चैत मसान्तसम्म ५७ हजार ५ सय ९५ जनाले तेस्रो किस्ता भुक्तानी लिइसकेका छन् ।

१ हजारभन्दा धेरै पीडितले निर्माण सम्पन्न गरी तेस्रो किस्ताका लागि आवेदन गरेका छन् । रकम निकासा ढिला हुँदा लाभग्राहीले भुक्तानी पाउन सकेका थिएनन् ।९८ हजार १९ घरधुरी सर्भे भएकोमा ७८ हजार ८ सय ८४ घरधुरीमध्ये ७४ हजार ९ सय ३० घर परिवारसँग मात्रै सम्झौता भएको थियो । पहिलो किस्ता लिनेमध्ये धेरैले घर निर्माण गरेका छैनन् ।

दोस्रो किस्ताका लागि ६३ हजार ६ सय ८७ परिवारले अनुदान लिएका छन् । तेस्रो किस्ता लिनेहरुको संख्या ५७ हजार ५ सय ९५ जना रहेका छन् । सम्झौता गरेर घर निर्माण नगर्ने १ सय ६६ जनाले रकम फिर्ता गरेका छन् । भूकम्पपछि क्षति भएका सडक र पुल निर्माण भएका छन् ।