काठमाडौं उपत्यकामा मेघगर्जन र हावाहुरीसहित बर्षा


न्युज अफ नेपाल, काठमाडौं ।

बिहीबार काठमाडौं उपत्यकाको मौसम बिहानैदेखि बदली भएको छ । अहिले काठमाडौं उपत्यकामा मेघगर्जन र हावाहुरीसहित पानी परेको छ । आज काठमाडौं उपत्यकासहित देशका अन्य स्थानमा पानी पर्ने मौसमविद्ले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले देशका मध्य र पूर्वका केहि स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने समभावना रहेको छ ।

आज देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको हो । महाशाखाको मौसमी बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

यस्तै आज सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।यस्तै आज राती देशभर पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू९भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।