इजरायलमा मास्कबिना हिँड्न पाइने


 जेरुसेलम, (एजेन्सी) । 

विश्व कोरोना भाइरस महामारीबाट आक्रान्त भइरहेका बेला इजरायलमा भने जनजीवनलाई सामान्यीकरण गर्ने काम शुरू भएको छ । इजरायली कुल जनसंख्याको अधिकांश व्यक्तिलाई कोभिड १९ विरुद्धको खोपको पूर्ण डोज दिइसकेकाले जनतालाई अब त्यहाँ सार्वजनिक स्थानमा मास्क नलगाइकन निर्धकसँग हिंड्ने अनुमति दिइएको छ ।

आइतबारदेखि इजरायली सरकारले बाहिर मास्कबिना नै हिंडडुल गर्न सक्ने छुट दिने निर्णय गरेको हो । इजरायली प्रधानमन्त्रीले यस नयाँ प्रगतिको स्वागत र प्रशंसा गरेका छन् । तर, उनले कोरोना भाइरस पुनः फर्कन सक्ने भन्दै सचेत रहने सल्लाह पनि दिएका छन् । तर, अझै पनि इन्डोर सार्वजनिक स्थलहरू जस्तै स्टोर, मल, र प्रार्थनास्थलहरूमा भने मास्क लगाउनु जरुरी छ । इजरायल विश्वकै सबैभन्दा छिटो खोप अभियान शुरू गरिएका मुलुकहरूमध्ये एक हुन् । यसैगरी, सेप्टेम्बर यता सोमबारदेखि पूर्णरूपमा विद्यालयहरू पनि खुलेका छन् ।