विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

188
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले विवाहमा २५ जनाभन्दा बढी उपस्थित हुन नपाइने निर्णय गरेको छ । सोमबार सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पार्वत गुरुङले यस्तो निर्णय भएको जानकारी दिए । प्रवक्ता गुरुङले भने– ‘विवाह तथा ब्रतवन्धको विषयमा २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘सकेसम्म नगर्ने, गर्नैपरेमा सम्बन्धित जिल्लाका प्रजिअको सिफारिसअनुसार मात्रै गर्ने ।’

सरकारले देशका प्रमुख शहरहरुका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । यस्तै अलवा जिमखाना, मठमन्दिरलगायतका क्षेत्रहरु पनि बन्द गर्नेलगायतका निर्णयहरु गरेको छ । यी निर्णयहरु अवज्ञा गरे संक्रामक रोग ऐन २०२०बमोजिम कारबाही हुने पनि सरकारले बताएको छ ।