संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय


न्युज अफ नेपाल काठमाडौं ।

सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले आज १ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। पुनर्स्थापित प्रतिनिधि सभाको हिउँदे अधिवेशन फागुन २३ बाट शुरु भएको थियो।

पुस ५ गते प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदलातले फागुन ११ गते बदर गरेपछि हिउँदे अधिवेशन शुरु भएको थियो।

संसदमा कुनै बिजनेश नभएको भन्दै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताइएको छ। यद्यपि सरकारले अविश्वासको प्रस्ताव छल्नका लागि अधिवशेन अन्त्य गरेको हुन सक्ने अनुमान लगाइएको छ।