मुख्यमन्त्री पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै


न्युज अफ नेपाल काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै छ । बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना संक्रमण नियन्त्रणलगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठकअवरुद्ध गर्दै आएको छ । प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन् । सो मागमा माओवादी केन्द्रसहित कांग्रेस र विवेकशील पार्टीले समर्थन जनाएका छन् ।