आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


न्युज अफ नेपाल काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अहिलेको सरकारलाई समर्थन नरहेको कुरा लेखेरै दिने तयारी छ।