फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।