प्रधानमन्त्री ओलीले शनिबार बोलाए सर्वदलीय बैठक


न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिबार बिहान ११ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्‍लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना भाइरसको महामारी तथा समयसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको थापाले बताए ।

संसदको हिउँदे अधिवेशन पनि अन्त्य गर्नुपर्ने बेला भएकाले सबै दलसँग छलफल गर्न लागिएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि यही सिलसिलामा फोन गरिएको सल्लाहकार थापाले बताए ।