विमानस्थल प्रवेशमा मास्क अनिवार्य


काठमाडौं, (नेस) । 

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुले मास्कको प्रयोगबिना प्रवेश नपाउने भएका छन् ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानद्वारा स्वदेश तथा विदेश यात्रा गर्ने यात्रु, आफन्तलाई पु-याउन तथा लिन आउनुहुनेले समेत मास्क प्रयोग नगरे विमानस्थल प्रवेशमा रोक लगाइएको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा देखापरेको र सो रोग रोकथामका लागि उक्त नियम लागू गरिएको पनि एसएसपी बास्तोलाले जानकारी दिनुभयो । विमानस्थल प्रवेश गर्नेले मास्कको प्रयोग गरेको नपाइए उडान भर्न समेत रोक लगाइने पनि उहाँले जानकारी दिनुभयो ।