मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा गए राती भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका ४  एस.एस. चोक नजिक अरनिको राजमार्गमा भक्तपुरबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ५३ प ६९३८ नं को मोटरसाईकल आफै अनियन्त्रित भई सडकको बाँया तर्फको रेलिङमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाईकलको पछाडी सवार काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका १० बस्ने बर्ष ३२ का महेश शाह रहेको प्रहरीले जानकारी दिएको छ ।

उपचारको लागी मध्यपुर अस्पताल ठिमी पुर्याउँदा शाहको मृत्यु भएको अस्पातालले घोषणा गरेको थियो । मोटरसाईकल चालक धुलिखेल १० मै बस्ने बर्ष २२ को महेन्द्र शाहको गम्भीर अवस्थामा मध्यपुर अस्पताल ठिमीमा उपचार भैरहेको छ ।

मादक पदार्थ सेवन गरी तीब्र गतिमा लापरवाही तरिकाले मोटरसाइकल चलाउदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।