२२ कम्पनीको ऋणपत्र र आईपीओ आउँदै


ईश्वर उप्रेती, काठमाडौं  । 
केही दिनभित्रै विभिन्न कम्पनीले अर्बौ रुपियाँको प्राथमिक शेयर आईपीओ तथा ऋणपत्र जारी गर्ने तयारीमा रहेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार १५ वटा कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् । १५ वटा कम्पनीले ५ अर्ब ५५ करोड रुपियाँबराबरको आईपीओ निष्काशनका लागि बोर्डमा

आवेदन दिएका छन् । आवेदन दिनेहरूमा मध्यभोटेकोशी जलविद्युत आयोजनाले १ अर्ब ५० करोड, साहस ऊर्जाले १ अर्ब ५ करोड, बिन्दाबासिनी हाइड्रोले २५ करोड, सीईबीडी हाइड्रोले २५ करोड, डिस मिडिया नेटले २३ करोड, हिमालयन हाइड्रोले २२ करोड, न्यादी हाइड्रोले ४० करोड ५ लाख, मैलुङखोला जलविद्युतले ७ करोड ३६ लाख, ग्रीन भेन्चरले ६२ करोड ५० लाख, बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख, सयपत्री हाइड्रोपावरले ९ करोड रुपियाँबराबरको आईपीओ जारी गर्दै छन् ।

त्यस्तै जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख, मनकामना स्मार्ट लघुवित्तले ३ करोड ८९ लाख, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड, समलिङपावर कम्पनीले १२ करोड ३० लाख रुपियाँको आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।यसैगरी सात वटा कम्पनीले पनि ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको बोर्डले जनाएको छ । बोर्डका अनुसार सात वटा कम्पनीले कुल १९ अर्ब ४५ करोड रुपियाँ बराबरको ऋणपत्र निष्काशनको लागि बोर्डमा आवेदन दिएका छन् । जसमा राष्ट्रिय वाणिज्य बैंक, सेन्चुरी कमर्सियल बैंक, एनएमबी बैंक, नेपाल बैंक, नबिल बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।