जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना


धादिङ ।

समाजसेवी डा. लक्ष्मी पन्थीले यस वर्षको जन्मदिन र नयाँ वर्षको अवसरमा खर्च स्वरूप २ हजार बच्चाहरूलाई खाना खुवाउन र निःशुल्क स्वास्थ्य जाँच गरी सहयोग गर्नुभएको छ।

तसर्पुमा रहेको १ दशकदेखि प्रेम सागर फाउन्डेसनले संचालन गरेको जनभोजनमा समाजसेवी डाक्टर लक्ष्मी पन्थीले एकदिन बराबर लाग्ने खाजा खर्च ३० हजार र उनकै जन्मदिनको उपहार स्वरूप दुर्गा अधिकारीले ७ हजार, सारिश्मा सापकोटा ले २ हजार विकास पनेरुले ५ सय र पुष्पा थापाले ५ सय गरी जम्मा ४० हजार सहयोग हस्तान्तरण गर्नुभयो ।

डा. पन्थीले २०१९ देखि १ खाना बचाउ अभियान आफैले सुरु गरी सेभ ५ लाईफ विभिन्न जिल्ला हरुमा लागेको र हाल देखि सोही खाना बचाएर र आफ्नो जन्मदिन मनाउनेको खर्च बच्चाहरूलाई पेट भर्न सहयोग गरेको बताउनुभयो ।सोही जन्मदिनको अवसरमा डाक्टर पन्थीले

त्यहाँका कर्मचारीलाई निःशुल्क स्वास्थ शिविर गरी निःशुल्क औषधी पनि वितरण गर्नुभयो ।कार्यक्रम पश्चात संस्थाका मयनजेर भोला राउतले मुक्तकणठले डा पन्थीको प्रसंसा गरेका थिए।