बार्षिक उत्सवमा सामुदायिक सेवा केन्द्रद्वारा चार जनालाई सम्मान

0
Shares

बासुदेव शर्मा, जाजरकोट ।

समुदाय र प्रहरीको एकता समाज रुपान्तरणमा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ मालिका सामुदायिक सेवा केन्द्र जाजरकोटले १७ औ बार्षिक उत्सव सम्पन्न गरेको छ । मालिक सामुदायिक सेवा केन्द्रलाई योगदान गर्ने चार जनालाई कदर पत्रद्धारा सम्मान गरेको हो । नागरिक समाजका अगुवा,मालिका सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र विक्रम शाह, प्रहरी प्रमुख मधु कुमार थापा, मालिका सामुदायिका सेवा केन्द्रमा कार्यरत प्रहरी जवान शेर जंग चन्द र लोक बहादुर विकलाई कदर पत्रद्धारा सम्मान गरेको थियो । मालिका सामुदायिक सेवा केन्द्रलाई प्रत्यक्ष सहयोग गरेकाले सम्मान गरेको हो । न्याय, शान्ति सुरक्षा, सरसफाई हिसा जन्य कार्य न्युनिकरण गरी सभ्य समाज निर्माण गर्न समुदायमा गठन भएका आमा समुहरुलाई माइन्युट र कलम हस्तान्तर गरिएको थियो ।

समाज रुपान्तरणमा मालिका सामुदायिक सेवा केन्द्रले गरेका प्रयासहरु प्रस्तुत गरेको थियो । समुदाय स्तरमा उत्पादन हुने घरेलु मदिरा, मदिरा जन्यकच्चा पदार्थ घरेलु हिसा, बालविबाह, बहुबिबाह, बाल हिसा न्युनिकरण गर्न आमा समुह गठन गरेको छ । बारेकोट गाँउपालिका र नलगाड नगरपालिकामा सामुदायिक सेवा केन्द्र गठन गरेको छ ।

जाजरकोटका सात वटै पालिकामा केन्द्र गठन गरि हिसात्मक गतिविधि न्युनिकरण गर्न लक्ष्य लिएको छ । भेरी नगरपालिकाका केहि वडाहरुमा आमा समुह गठन गरी समाज रुपान्तरणको अभियान संचालन गर्दै आएको मालिका सामुदायिक सेवा केन्द्रका अध्यक्ष विर्ख बहादुर कार्कीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले समाजमा हुने विकृति विसंगति अन्त्य गर्न मालिका सामुदायिक सेवा केन्द्रले ठुलो भुमीका निर्वाह गरेकाले नेपाल प्रहरीले नागरिकको पक्षमा काम गर्दै आएको छ । घरेलु हिसा, अबैध मदिरा नियन्त्रण, हत्या हिसा, बलत्कार, बाल बिबाह बहुबिबाह जस्ता कार्य अन्त्य गर्न लागी परेकोले समुदाय र प्रहरीको सयुक्त प्रयासबाट यस्ता कार्य कम हुने बताउनु भयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानी प्रसाद शर्माले छोटो समयमा सरसफाई, हिसात्मक गतिविधि न्युनिकरण गर्न गरेका प्रयास सकारात्मक भएको वताउनु भयो । नागरिकसग रुडीवादी परम्परा कायमै छ । समुदाय स्तरका नागरिकहरुको जनचेतना अभिबृद्धी गरी स्वच्छ सुन्दर गाउँटोल सभ्य नागरिक निर्माण सवैको प्रयासबाट सम्भव हुने धारण राख्नु भयो ।

भेरी नगरपालिका ४ का वडा अध्यक्ष खम्व जंग शाह, नेपाल पत्रकार महासंका अध्यक्ष बाल कुमार शर्मा, उद्योग बाणिज्य संघ जाजरकोटका प्रतिनिधि मुकुन्द प्रसाद शर्मा, नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, मालिका सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी जवान शेर जंग चन्द, आमा समुहका अध्यक्षहरुले सफलताको शुभकामना सहित भनाई राख्नु भएको थियो ।