वीर अस्पतालमा आगलागी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंस्थित वीर अस्पतालमा आगलागी भएको छ । विद्युत सर्ट भएर अस्पताल भवनमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागी अस्पतालको पछिल्लो भागमा रहेको भवनको चौथो तलामा भएको हो ।

अहिले दमकल र सुरक्षाकर्मीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । अस्पतालको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा आगलागी भएको अस्पतालले बताएको छ ।