शिक्षा मन्त्रालयलाई तत्काल विद्यालय बन्द नगर्न सुझाव

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्याब्सन, एनप्याब्सन, अभिभावक संघ लगायत सरोकारवालाहरुले तत्काल विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन् ।

सोमबार बिहान शिक्षा मन्त्रालयमा शिक्षा सचिव रामप्रसाद थपलियासँग भएको छलफलमा प्याब्सनलगाएत सरोकारवालाहरुले तत्काल विद्यालय बन्द नगर्ने तर सावधानीका उपायहरु अपनाउन सुझाव दिएका थिए । कोरोनाको दोस्रो लहर फैलिने क्रम बढेसँगै सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको थियो । तर, उक्त निर्णयप्रति आपत्ति जनाउँदै आइतबार प्याब्सनले तत्काल विद्यालय बन्द नगर्न सुझाव समेत दिएको थियो ।

आजको छलफलमा उठेका कुराहरुलाई सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा सचिव रामप्रसाद थपलियाले बताएका छन्।