नयाँ बसपार्कको हाेटलमा एक पुरुषकाे शव भेटियाे


न्युज अफ नेपाल काठमाडौं ।

काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एक पुरूष मृत भेटिएका छन्।

शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ ।

शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको र थप अनुसन्धान पनि अघि बढाएको प्रहरीको भनाइ छ।