विपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशभरी गठन

14
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशका१२ वटै जिल्लामा विपी स्टडी युथ सर्कल गठन गरिएको छ । सोही अभियान अन्र्तगत रुपन्देहीको शुद्धोधन गाउँपालिकामा विपी स्टडी युथ सर्कल शुद्धोधन गाउँ समितिले पदभार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकामा प्रदिप चौधरीको अध्यक्षतामा विपी स्टडी युथ सर्कलको १७ सदस्यीय गाउँ समिति गठन भएको छ ।

नव गठित समितिको पदभार तथा सम्मान कार्यममा नेपाली काँग्रेसका नेता एवं संघिय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एसियाका दुई ठूला राष्ट्रहरू भारत र चिनबीच रहेर पनि नेपाललाई आफ्नो बेग्लै अस्तित्व कायम राख्दै विश्वका सामु परिचित गराउन बिपीको ठूलो योगदान रहेको बताउनु भयो । बिपीका नाममा गठित सर्कलका पदाधिकारी र सदस्यहरु विपीका विचार र योगदानका बारेमा जानकार हुनुपर्नेमा जोड दिदै पूर्व मन्त्री समेत रहनुभएका शाहले शिक्षित र क्रियाशिल युवाहरुलाई सर्कलमा आवद्ध गराउन सुझाव दिनुभयो ।

नेपाली जनतालाई रैतीवाट नागरिक वनाउने जननायक विपी कोईरालाको नेतृत्वमा बनेको नेपाली काँग्रेसको सरकारले क्रान्तिकारी भूमिसुधार, किसानहरूको अधिकारको संरक्षण, जमिनको हदबन्दी, जमिनदारी प्रथा एवम् बिर्ता उन्मूलन लगायतका कार्यहरु शुरु गरेको नेता शाहले बताउनु भयो ।

सर्कलकागाउँ समिति अध्यक्ष प्रदिप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सर्कलका लुम्विनी प्रदेश अध्यक्ष लक्ष्मण गौतमले रुपन्देही जिल्लामा दुई सय वढि युवाहरु सर्कलमा आवद्ध भैसकेका, १२ वटै जिल्लामा सर्कलको समिति विस्तार गरिएको तथा छिटै सैनामैना र बुटवलमा बृहद भेलाको तयारी भैरहेको जानकारी गराउनु भयो  ।