न्युज अफ नेपाल, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ६० नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार पछिल्लो २४ घन्टामा चार हजार दुई सय ४३ जनामा पीसीआर परीक्षण गर्दा दुई सय ६० जनामा कोरोना पुष्टि भएको हो।
यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार चार सय ७० पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामै एक सय १३ जना संक्रमणमुक्त भएका छन्। योसहित संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७३ हजार चार सय ५५ पुगेको छ।











प्रतिक्रिया