समाचारपत्रकर्मी बिसीलाई पितृ शोक

282
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

समाचारपत्रका अछाम संवाददाता धर्मेन्द्र बिसीलाई पितृ शोक परेको छ । पत्रकार बिसीका पिता लोकबहादुर बुढाको ५९ वर्षको उमेरमा निधन भएको हो। उहाँको आज (सोमबार) बिहान ७ः३० बजे अछामको हिच्मास्थित आफ्नै निवासमा निधन भएको हो।

उहाँ विगत एक बर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको आज नै अत्येष्टि गरिएको छ । समाचारपत्रकर्मी बिसीका पिताको निधनप्रति नेपाल समाचारपत्र दुख व्यक्त गर्दछ ।