माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने

0
Shares

न्युज अफ नेपाल, काठमाडैँ ।

नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रस्ताव फिर्ता लिने निर्णय भएको जानकारी गराइएको छ ।

माओवादी केन्द्र र एमाले ब्यूँतिएसँगै एमाले माधव कुमार नेपाल झलनाथ खनाल समूहका सांसदले अविश्वास प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएका थिए । सो समूहले नाम हटाएसँग राईविरुद्धको अविश्वास प्रस्ताव पास नहुने देखेएको थियो ।

आजको बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि अविश्वास प्रस्ताव फिर्ता गरिने माओवादी केन्द्रले जनाएको छ ।