न्युज अफ नेपाल, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । आफ्नो लगातार राजीनामा माग्न थालिएको भन्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिए राजीनामा आउने बताएका हुन् ।
शनिबार १६५ वटै निर्वाचन क्षेत्रको रणनीतिक सडक विस्तार शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, उनले भने, ‘ए बाबा, हटाउ न त, समर्थन फिर्ता लिइदेऊ न त भन्छु, लिँदैनन्, अनि राजीनमा माग्छन्।’ ओलीले ‘पहिले समर्थन फिर्ता लेऊ, राजीनामा आइहाल्छ नि’ भने।











प्रतिक्रिया