यस्तो छ नेपाल पत्रकार महासंघले निर्वाचनका लागि जारी गरेको आचार संहिता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले आचारसंहितमा जारी गरेको छ । समितिका अनुसार मतदानका बेला क्यामेरा,रेकर्डर र मोबाइल फोन जस्ता सामाग्रीहरु लिएर जान नपाइने भएको छ ।

मतदाताले निर्वाचन समितिद्वारा जारी भएको परिचयपत्र, मतदाता परिचयपत्र वा महासंघले जारी गरेको परिचयपत्रका आधारतमा मतदान गर्न पाउने छन् ।

त्यस्तै, मतदान प्रकृया सुरु भएसँगै मतदानस्थल परिसरभित्र प्रचार प्रसार गर्न, नाराजुलुस गर्न, भाषण गर्न, पोष्टर टाँस्न, पर्चा पम्प्लेट वितरण गर्न रोक लगाइएको छ । महासंघको नयाँ नेतृत्वको बैशाख २५ गते निर्वाचन हुँदैछ । निर्वाचनमा १३ हजार १२२ जना मतदाता छन् भने केन्द्रीय समितिका ४९ पदाधिकारीका लागि १५२ जनाले उम्मेदवारी दिएका छन् ।