कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


न्युज अफ नेपाल,काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक विषयका साथै भदौ ७ गतेदेखि हुने १४ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ ।

चैत १० गतेसम्म क्रियाशील सदस्यता विवरण कांग्रेस कार्यालयमा आइपुग्नुपर्ने भएपनि हालसम्म अधिकांश जिल्लाले विवरण बुझाएका छैनन् । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सम्भावित सत्ता समीकरण र माओवादी, जसपा लगायतका दलसंग भएको वार्ताबारे पनि छलफल हुने बताइएको छ ।