![](https://newsofnepal.com/wp-content/uploads/2021/04/besar.jpg)
हाम्रो भान्सामा तरकारीमा प्रयोग गरिने बेसार औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यदि घाँटी दुखेको छ वा शरीर ज्वरो आएको छ भने नेपाल र भारतमा दूधमा घोलेर बेसारको प्रयोग गर्ने चलन छ । धेरै भारतीय यसलाई एक तरल रामवाण मान्छन् । अझ कोरोनाविरुद्ध शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन बेसारले अचुक भूमिका खेल्छ भन्ने पुष्टिसमेत भइसकेको छ । पश्चिमी देशहरूले पछिल्लो समयमा बेसारको महत्व पत्ता लगाए र यसलाई एक सुपर फुड बनाउनमा ढिलाइ गरेनन् । तिनीहरूले चिया र कफीमा बेसारको ताजा गठ्ठा मिसाएर प्रयोग गर्दै आएका छन् । उनीहरुले सर्बत बनाउन शुरू गरे र तुरुन्त फाइदाको लागि बेसारको एक गाढा पेय तयार पार्न थाले । जसले कोरोनाविरुद्ध लड्न उनीहरुलाई शरीरमा छुट्टै स्फूर्ति प्रदान गरेको महसुस पनि गर्न थाले ।
केही समयअगाडि लन्डनको एक कफी सपमा गोल्डेन मिल्क भन्ने मेनुमा एक प्रकार पनि थपियो, जुन एकदमै महँगो थियो । त्यसमा कोलो मरिच, दूध, बेसार आदि मिलाएर बनाइएको थियो । यो कफी सपका सञ्चालक एक भारतीय नागरिक थिए । धेरैले त्यो कफी महँगो भनेर नखाएको बताइएको छ । तर त्यो बेसार देख्नेबित्तिकै भारतका हजारौं हजुरआमाको र आफ्नो आमाले बिरामी हुँदा बेसार, दूध खुवाएको याद आएकाहरु पनि यही कफीमा झुम्मिए ।बेसारलाई आयुर्वेदिक औषधिको रुपमा विश्व विज्ञानले स्वीकार गरिसकेको छ । शरीर दुख्न कम गर्नका लागि बेसार प्रयोग महत्वपूर्ण मानिन्छ । अझ कोरोना भाइरसविरुद्ध शरीरमा रोगप्रतिरोधी क्षमता बढाउन बेसारले महत्वपूर्ण भूमिका खेल्न थालेपछि युरोपको धेरै घरका भान्साहरुमा यसको प्रयोग अनिवार्य बन्दै गएको छ ।हरिद्रामा रहेको कर्कुमिनोइड, ओलिओरेजिन, कर्कुमिन, उडनशील एवं सुगन्धित तेल, ए–टरमेरनले शरीरमा व्याधि क्षमत्व÷रोगप्रतिरोधात्मक क्षमता÷इम्युनिटी पावर वृद्धि गर्न प्रमुख भूमिका खेल्छ । कोरोना संक्रमित व्यक्तिहरुको प्रयोगशाला परीक्षणबाट संक्रमणको पहिलो हप्तामा सेतो एवं रातो रक्तकोषिका, हेमोग्लोबिनको संख्या घटेको पाइएको छ । यसले गर्दा संक्रमित व्यक्तिमा खतराका लक्षणहरु देखिन सक्छ । साथै रोगसँग लड्ने क्षमता राम्रो भएको व्यक्तिमा दोस्रो हप्तादेखि सो संख्यामा वृद्धि भएको र खतराका चिह्नहरु पनि नदेखिएको पाइएको छ । यसबाट रोगसँग लड्ने क्षमता वृद्धि गर्नु जरुरी भएको पुष्टि हुन्छ ।
यसअघि सन् २०१९ मा प्रयोगशालामा मुसामा गरिएको एक परीक्षणमा हरिद्रामा रहेको रोगसँग लड्ने क्षमता वृद्धि गर्ने तत्व कर्कुमिनको प्रयोगबाट एफ्लोटक्सिन नामक हानिकारक तत्वको प्रयोगबाट घटेको सेतो एवं रातो रक्तकोशिका, प्याक्ड सेल भल्युमको संख्यामा वृद्धि भएको पाइएको छ । यसबाट खाद्य एवं पेयपदार्थको साथमा बेसारको नियमित प्रयोगले शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत पुग्ने कुराको पुष्टि हुन्छ । आयुर्वेदका ग्रन्थहरुमा पाण्डु (रक्ताल्पता)को अवस्थामा शरीर कमजोर भई रोगसँग लड्ने क्षमता घट्ने हुनाले सो अवस्थामा शरीरमा रक्तकोषिकाको वृद्धिका लागि हरिद्राको प्रयोग गरेको पाइन्छ । लामो समयदेखि ग्यस्ट्रिकको सिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्णरुपमा फाइदा पु¥याउँछ भने बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पु¥याएको हुन्छ । गाउँघरतिर आलो घाउमा बेसारको धूलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो ।बेसारले मानवशरीरको डीएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ । विभिन्न मेटलबाट शरीरमा फैलिने विषादीबाट बेसारले जोगाउने काम गर्छ । शरीरमा लागेका चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ । पेटसम्बन्धी यावत् रोगको निदान गर्न बेसारले मद्दत पु¥याउँछ भने हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ ।
बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ । दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ । बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोशिका रोक्ने क्षमता राख्छ । यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ ।धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह भएमा बिहान–बेलुका १–१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पु¥याउँछ । मधुमेह, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग उपयोगी मानिन्छ । दिसा–पिसाबमा हुने संक्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ ।छालाको लागि त बेसार अमृत नै मानिन्छ । सौन्दर्यका सामान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ । नियमित बेसार सेवन गर्नाले बूढोपन देखिँदैन । साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ । हिन्दु धर्ममा बेसारको प्रयोगलाई पवित्र मानिन्छ । जनै पूर्णिमा होस् वा अन्य कुनै पूजामा हातमा बाँध्ने डोरोमा बेसारको प्रयोग गरिएको हुन्छ ।
– समीर केसी, कलंकी ।