छुट्टै पार्टी कार्यालय खोल्दै माधव नेपाल समूह

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले छुट्टै कार्यालय खोल्ने भएका छन् ।  हाल कार्यालयका स्थापनाका लागि नयाँ भवनको खोजी कार्य भइरहेको छ ।  बुधबार  युवा संघ नेपालको कार्यालय उद्घाटनमा बोल्दै नेता नेपालले आफूहरु पनि पार्टी कार्यालयका लागि भवनको खोजीमा रहेको बताएका छन् ।  ओली समूहले पनि धुम्बाराहीबाट पार्टी कार्यालय सारेर थापाथलीमा राख्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

सर्वोच्चको फैसलापछि अध्यक्ष केपी ओली समूहको निरन्तर प्रताडना खेपिरहेको नेपाल समूहले समानान्तर गतिबिधि गर्दै आएको छ ।  केही दिन अघि नेता नेपाल र अर्का नेता भीम रावललाई ६ महिनासम्मका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय ओली समूहले गरेको छ ।