सरकार नै विधिको शासन विपरित चलिरहेको छ : गुरुङ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

माओवादी केन्द्रका नेता तथा सांसद देव गुरुङले सरकार नै विधिको शासन विपरित चलिरहेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले सरकारमाथि संवैधानिक र कानुनी प्रश्न उठेको बताएका छन् ।

वर्तमान सरकार नै विधिको शासन विपरित चलिरहेको छ, यो सरकारमाथि संवैधानिक र कानुनी प्रश्न उठेको छ’, उनले भने, ‘सर्वोच्च अदालतले एउटा फैसला गर्यो । त्यो फैसलाले दल विभाजनको फैसला गरेको छ । दल विभाजन भएको अवस्थामा सरकार के हुने भन्ने अवस्था छ ।’

त्यस्तै, सरकार पुष ५ कै संसद भंग गर्ने मनस्थितिमा रहेको जनाउँदै गुरुङले भने ‘सदनभित्र विभिन्न एजेण्डा छन् । तर प्रक्रिया अघि बढेको छैन । ५ वटा विधेयक प्रक्रियामा छन् । कार्यसूचीमा चढेका छैनन् । सरकारले सदनलाई के गर्न लागेको हो भन्ने गम्भिर प्रश्न उठेको छ । सरकार पुष ५ कै मनस्थितिमा छ । संसद भंग गर्ने उदेश्य देखिन्छ’