प्रचण्डको पुनरावेदन निवेदन दर्ता, सर्वोच्चले फैसला सच्याउँछ : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

गत फागनु २३ गते सर्वोच्चले नेकपा खारेज गरेसँगै एमाले र माओवादी केन्द्र ब्यूतिएको थियो । अदालत पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै भने ‘एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले गर्‍यो, त्यो सच्याउनेछ ।’

यस्तै, रिट निवेदककोे पार्टी एकता भंग नभई नाम मात्र सच्च्याउनु पर्ने चाहाना रहेको बताउँदै उनले भने ‘रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चहाना राखेको पनि थिएन, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो, पक्कै पनि सर्वोच्चले पुनरावलोकन गर्छ । ढिलो गर्न हुने पनि छैन ।’