कांग्रेस बैठक : जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

बैठकले चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने र १७ गते देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले जोशीप्रति एक मिनेट मौनधारण गरेको थियो । त्यसतै, शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको छ ।