गुटगत रूपमा प्रस्तुत हुने कुनै पनि समूहसँग ‘डिलिङ’ हुँदैन : ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फागुन २८ पछि संसदीय दलको बैठकले गरेका कुनै पनि निर्णय फिर्ता नहुने बताएका छन् ।

बालुवाटारमा बसेको संसदीय दलको बैठकमा सहभागि भएका वरिष्ठ नेता झलनाथ खनालले ओलीले हालसम्म गरेका एकलौटी निर्णयहरु फिर्ता लिए पार्टी एक ढिक्का हुने बताएका थिए । तर, ओलीले भने २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुने बताएका छन् ।

त्यस्तै, व्यक्तिगत रूपमा आएका सबैको आलोचना र गुनासा सुन्न आफू तयार रहेको जनाउँदै ओलीले गुटगत रूपमा प्रस्तुत हुने कुनै पनि समूहसँग ‘डिलिङ’ नहुने बताएका छन् ।

त्यस्तै, ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाउँदै कारबाहीको योग्य रहेको बताएका छन् ।