पार्टीभित्रै रहेर सङ्घर्ष जारी राख्ने नेपाल समूहको निर्णय

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमाले माधव नेपाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको संसदीय दलको बैठकमा उपस्थित हुने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेपाल समूहका नेता रघुजी पन्तले नेपाल समूहको बैठकले पार्टीभित्र बसेर सङ्घर्ष जारी राख्ने निर्णय गरेको जनाएका छन् । ‘पार्टीभित्र बसेर सङ्घर्ष जारी राख्ने निर्णय भएको छ। जसरी साथीहरूलाई कुनामा पारिएको छ त्यसविरुद्ध लडिरहने भन्ने छ। अन्तिम समयसम्म एकताको लागि पहल गर्ने भन्ने निष्कर्ष बैठकले निकालेको छ’ पन्तले भने ।

त्यस्तै, संसदीय दलको बैठकमा उपस्थित भएर पार्टीको पोलिटब्यूरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउन दवाव दिने तयारी भएको पन्तले बताएका छन् ।