एमाले खनाल-नेपाल समूहको बैठक कलंकीमा जारी


न्युज अफ नेपाल ,काठमडौं ।

नेकपा एमाले खनाल-नेपाल समूहको बैठक कलंकीमा सुरु भएको छ । कलंकीको एक बैंठकमा खनाल-नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु भएको हो ।

जारी बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित चार जना नेतालाई सोधेको स्पष्टीकरण लगायतका विषयमा छलफल हुनेछ । नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि स्पष्टीकरण सोधिएको थियो ।

जसको जवाफ माधव नेपाल र भीम रावलले दिइसकेका छन् । पाण्डे र भुसाल स्पष्टीकरणको जवाफ पत्र लेख्दैछन् । आज नै एमाले अध्यक्ष ओलीले दिउँसो ३ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् ।