मुख्यमन्त्री राईले मन्त्रिपरिषद पुनर्गठन गर्दै, १ बजे शपथ


न्युज अफ नेपाल ,काठमाडौं ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।मुख्यमन्त्री राईले मन्त्रिपरिषदमा केही नयाँ अनुरुप ल्याउँदैछन् भने केही राज्यमन्त्रीलाई फुल मन्त्रीको जिम्मेवारी दिँदै छन् ।माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ आर्थिक मामिला तथा योजना मन्त्री हुने भएका छन् ।

यस्तै, एमालेको माधव नेपाल समूहबाट ओली समूहमा आएकी उषाकला राई सामाजिक विकास मन्त्री हुने भएकी छन् । हाल राज्यमन्त्री रहेका रामबहादुर राना भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुने भएका छन् भने अर्का राज्यमन्त्री अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्री हुने भएका छन् ।

मुख्यमन्त्री राईले राज्यमन्त्रीमा दुई जना नयाँलाई नियुक्त गर्दैछन् । उदयपुरकी कला घले भूमि व्यवस्था, कृति तथा सहकारी राज्यमन्त्री हुने भएकी छन् भने मोरङका राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुने भएका छन् । सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी उषाकला राईले आफूलाई दिउँसो १ बजेका लागि शपथ ग्रहणका लागि खबर आएको बताइन्। ‘१ बजे शपथग्रहणमा आउनु भनेर खबर आएको बताइन्।